३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नखिपोटमा आइतबारदेखि बास्केटबल

कान्तिपुर संवाददाता

काठमाडौँ — नखिपोट युथ क्लबले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ । ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ देखि प्रतियोगिता गर्ने जनाएको हो ।

नखिपोटमा आइतबारदेखि बास्केटबल

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोलीको सहभागिता रहनेछ । दुवै विधातर्फका विजताले ५० हजार र उपविजेताले २५ हजार तथा तेस्रो हुनेले १५ हजार पुरस्कार जित्नेछन् । फाइनल खेल भदौ ४ मा हुनेछ । सबै खेल नखिपोट युवा क्लबको कभर्डहलमा हुनेछ ।

ग्रिनफिल्ड बास्केटबल सुरु

नवौं ग्रिनफिल्ड अन्तरस्कुल बास्केटबल प्रतियोगितामा ग्रिनल्यान्डले विजयी सुरुआत गरेको छ । छात्रातर्फ शुक्रबार ग्रिनल्यान्डले आर्यलाई २१–१२ स्कोरले हरायो । अर्को खेलमा रेडियन्टले ग्रिनफिल्डमाथि २६–१६ को जित पायो । ब्वाइजतर्फ ज्ञान निकेतनले कान्तिपुरलाई ३८–२८, पुष्पसदनले बिग बुद्धलाई ३४–१९ र हर्टल्यान्डले ग्रिनफिल्डलाई ४२–३८ ले हराए । प्रतियोगितामा सिनियर ब्वाइजतर्फ २३, जुनियर ब्वाइजतर्फ १२ र गल्र्समा ११ टोलीले भाग लिएका छन् । फाइनल खेल भदौ ३ मा हुनेछ ।

प्रकाशित : श्रावण २७, २०७९ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?