प्रदेश १ ले ३४ खेलमा भाग लिने

कान्तिपुर संवाददाता

विराटनगर — गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले विभिन्न ३६ मध्ये ३४ खेलमा सहभागिता जनाउने तयारी गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी ती खेलहरूमा प्रदेश १ बाट ६ सय ९४ खेलाडीले भाग लिने जनाएको छ ।

प्रदेश १ ले ३४ खेलमा भाग लिने

आठौं राष्ट्रियमा १० टिमसम्मिलित रहँदा प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कांस्य पदक जित्दै सातौं स्थान प्राप्त गरेको थियो । नवौं संस्करणमा सात प्रदेश र तीन विभागीयसहित एनआरएन टिमको प्रतिस्पर्धा गर्नेछन् ।

बोर्डका सदस्यसचिव हंशराज वाग्लेका अनुसार राष्ट्रिय प्रतियोगिताका लागि भदौ २ देखि ७ सम्म जिल्लास्तरीय खेलाडी छनोट हुनेछ । भदौ १० देखि १९ सम्म प्रदेशस्तरीय प्रतियोगिताको आयोजना खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राख्ने तयारी गरिएको उनले बताए ।

प्रतियोगितामा प्रदेश १ बाट विभिन्न खेलका ४ सय ५ इभेन्टमा खेलाडी भिड्नेछन् । वाग्लेका अनुसार खेलाडी नभेटिएकाले लन टेनिस र ट्रायथलनमा प्रदेश १ ले भाग लिनेछैन । १४ जिल्ला रहेको यो प्रदेशबाट प्रतियोगितामा ८८ अफिसियल, टिम प्रशिक्षक र व्यवस्थापकले प्रतिनिधित्व गर्देछन् ।

प्रकाशित : श्रावण २७, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?