कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

क्रिकेट टोली ज्ञानेन्द्रसहित केन्या जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्या भ्रमणको लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्रिकेट टोली ज्ञानेन्द्रसहित केन्या जाँदै

अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि मंगलबार क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्ल पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत मार्चमा युएईसँगको खेलमा समावेस थिए । राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्याण्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला टोलीबाट बाहिरिएका छन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् ।

यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेस गरेको छ । वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिसी र हरिशंकर शाह रहेका छन् । घोषणा भएको टोलीले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुने सिरिज खेल्नेछ । नेपालले भ्रमण गर्ने सिरिजमा पाँच ट्वान्टी–२० र तीन एक दिवसीय खेल हुनेछन् ।

दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ । घरेलु टोली केन्यासँगको सिरिजको लागि मंगलबार नै तालिकासमेत सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले ट्वान्टी–२० सिरिज खेल्नेछ । पहिलो ट्वान्टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टेम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुने तालिका रहेको छ । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपाली टोली केन्या भ्रमणमा जानेछ ।

क्यानले २०७८ को मंसिरमा राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गरेको थियो । अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले त्यसबेला मल्ल र ऐरिसहित चार जना खेलाडीलाई कारबाही गरेको थियो।

प्रकाशित : श्रावण २४, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?