१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

इस्को रियलबाट सेभियामा

एएफपी

म्याड्रिड — स्पेनी मध्यपंक्तिका खेलाडी इस्कोले आइतबार सेभियासँग दुई वर्षको अनुबन्ध गरेका छन् । जुनयता रियल म्याड्रिडसँग उनको अनुबन्ध समाप्त भएको थियो र पछिल्ला समय बिनामूल्य सरुवा बजारमा उपलब्ध थिए । सेभियाले भनेको छ, ‘हामीले इस्कोसँग अनुबन्ध गरेका छौं र उनी हाम्रो टिममा भित्रिएका तेस्रो नयाँ खेलाडी हुनेछन् ।’

इस्को रियलबाट सेभियामा

इस्को सोमबार चिकित्सकीय परीक्षणबाट गुज्रिनेछन् । त्यस अगाडि सेभियाले गालातासारेबाट डिफेन्डर मार्कोलाई अनुबन्ध गरेको थियो । यस्तै एलेक्स टेलेस ऋणमा म्यानचेस्टर युनाइटेडबाट सेभिया आएका छन् । स्पेनका लागि ३८ पल्ट खेलेका छन् र अब उनी रियलका पूर्वप्रशिक्षक जुलेन लोपेटेगुइको नेतृत्वमा खेल्नेछन् ।

मालागाबाट रियलमा नौ वर्ष अगाडि आबद्ध भएका ३० वर्षीय इस्कोले बर्नाबाउ बसाइका क्रममा पाँच युरोपेली च्याम्पियन्स लिग, तीन स्पेनी ला लिगा र एक कोपा डेले रे उपाधि जिते । रियलमा कार्लो एन्सेलोटी आएपछि उनी पहिलो रोजाइका खेलाडी हुन छाडेका थिए । ढाडको दुखाइका कारण पछिल्लो सिजन उनले धेरै खेल्न भने पाएनन् ।

प्रकाशित : श्रावण २३, २०७९ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?