कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतलाई ट्वान्टी–२० शृंखला

एएफपी

लउडरहिल, अमेरिका — अबको ट्वान्टी–२० विश्वकपका लागि प्रभावशाली तयारी गर्ने क्रममा भारतले शनिबार वेस्ट–इन्डिजलाई चौथो खेलमा पराजित गर्दै पाँच खेलको शृंखला आफ्नो पक्षमा पारेको छ । फ्लोरिडाको ब्रोडवार्ड कन्ट्री स्टेडियममा भएको खेलमा भारत ५९ रनले विजयी रह्यो ।

भारतलाई ट्वान्टी–२० शृंखला

रोहित शर्माको भारतले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा १ सय ९१ रन बनाएपछि त्यसलाई रक्षा गर्ने क्रममा वेस्ट–इन्डिजलाई १९.१ ओभरमा १ सय ३२ रनमा अलआउट गरेको थियो । अमेरिकामा रहेका आफ्ना समर्थकमाझ प्राप्त यस जितपछि भारतले शृंखलामा ३–१ को अग्रता लिएको छ ।

भारतका लागि अर्सदीप सिंह सबैभन्दा सफल बलर रहे । बायाँ हाते मिडियम पेसरले आफ्नो उत्कृष्ट बलिङ पेस गर्ने क्रममा १२ रन मात्र खर्चेर तीन विकेट लिए । त्यस अगाडि भारतका लागि ऋषव पन्तले ३१ बलमा ४४ रन बनाए । खेलपछि कप्तान शर्माले भने, ‘जितको अन्तर धेरै देखिए पनि यो सजिलो भने रहेन किनभने परिस्थिति दुवै टिमका लागि प्रतिकूल थियो ।’

प्रकाशित : श्रावण २३, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?