कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फुलहमसँग लिभरपुलको पुनरागमन बराबरी

एएफपी

लन्डन — डारविन नुनेजले बेञ्चबाट मैदानमा प्रवेश गर्दै एक गोल गरेर अर्को गोलको लागि अवसर सिर्जना गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई २–२ को बराबरीमा रोकेको छ ।

फुलहमसँग लिभरपुलको पुनरागमन बराबरी

यसै सिजन प्रिमियर लिगमा उक्लेको फुलहमले दुईपटक अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेको थिएन । फुलहमका लागि एलेक्जान्डर मिट्रोभिचले दुई गोल गरे । त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट भएको थियो ।

लिभरपुलका लागि भने नुनेजले पहिलो गोल गरे । यस्तै मोहमद सलाहले गरेको दोस्रो गोलमो अवसर पनि सिर्जना गरे । गत सिजन लिग उपाधिको होडमा विजेता म्यानचेस्टर सिटीसँग एक अंकले पछाडि परेको लिभरपुल नयाँ सिजनमा विजयी सुरुआत लिन असफल रह्यो ।

प्रकाशित : श्रावण २१, २०७९ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?