कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फ्य्रांकफर्टविरुद्ध बायर्नको ६ गोल

कान्तिपुर संवाददाता

काठमाडौँ — बायर्न म्युनिकले लगातार ११ औं पल्ट बुन्डेसलिगा जित्ने उद्देश्यसहित शुक्रबार उत्कृष्ट सुरुवात गरेको छ । उसले ड्वेच बैंक पार्कमा भएको खेलमा इन्ट्राख्ट फ्य्रांकफर्टलाई सजिलै ६–१ ले हरायो ।

फ्य्रांकफर्टविरुद्ध बायर्नको ६ गोल

लिभरपुलका पूर्व खेलाडी साडियो मानेले लिगमा डेब्यु गर्दै २८ औं मिनेटमा गोल पनि गरे । सेनेगली खेलाडीसँगै बायर्नका लागि पाँच फरक खेलाडीले गरे । त्यसमा जमल मुसालाले दुई गोल गरे । यस्तै जोसुआ किमिच, बेन्जामिन पाभर्ड र सर्जी जियाब्रेले एक/एक गोल गरे ।

रोबर्ट लेवनडोस्कीले छाडेयता बायर्नको आक्रमणमा समस्या हुने अड्कल काटिए पनि यो जितले त्यसलाई गलत सावित गर्ने प्रयास गरेको छ । युरोपा लिग विजेता फ्य्रांकफर्टका लागि रान्डल कोलोले एक गोल फर्काए ।

प्रकाशित : श्रावण २१, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?