आर्सनलले लियो विजयी सुरुआत

एएफपी

लन्डन — आर्सनलले इंग्लिस प्रिमियर लिगको ३० औं संस्करणको पहिलो खेलमा शुक्रबार विजयी सुरुआत लिएको छ । पोहोरको सिजनको खराब सुरुआत नदोहोर्‍याई आर्सनलले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो ।

आर्सनलले लियो विजयी सुरुआत

गत वर्ष आर्सनल सिजनको पहिलो लिग खेलमा ब्रेन्टफोर्डसँग पराजित भएको थियो र यससँगै उसले ६७ वर्षयताको सबैभन्दा खराब सुरुआतको क्रम बेहोरेको थियो ।

यसपल्ट प्यालेसको मैदानमा भएको खेलमा मिखेल आर्टेटाको आर्सनका लागि ग्याब्रिएल मार्टिनेलीले पहिलो हाफको २० औं मिनेटमा हेडबाट पहिलो गोल गरे । त्यसपछि मार्क गुहीले आत्मघाती गोल गरे ।

लिगका पछिल्ला १० खेलमध्ये पाँचमा हार सामना गरेपछि शीर्ष चारको स्थान गुमाएको आर्सनलले नयाँ सिजनका लागि १० करोड पाउन्डभन्दा बढी नयाँ खेलाडीमा खर्च गरेको छ र प्रशिक्षक आर्टेटमा विश्वास कायम राखेको छ ।

प्रकाशित : श्रावण २१, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?