कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्क्वासमा कृष्णा र विपना भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — कृष्णा थापा र विपना ब्लोनबीच चौथो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला खुलातर्फ फाइनलमा प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार कृष्णाले भावना सुनुवारलाई ११–८, ११–४, ११–४ ले हराइन् । विपनाले स्वस्थानी श्रेष्ठविरुद्ध कडा प्रतिस्पर्धामा ११–९, ११–९, १३–११ को सेटमा जित पाइन् ।

स्क्वासमा कृष्णा र विपना भिड्ने

पुरुष खुलातर्फ अरहन्तकेशर सिंहले अमिर ब्लोनलाई ११–५, ११–२, ११–६ को सोझो सेटमा हराए । अमृत थापामगरले दीपक थापालाई पनि ३–० ले हराएर फाइनल तय गरे ।

भेट्रान ५० वर्षमाथि सेमिफाइनलमा प्रज्वलप्रकाश प्रधानले धीरबहादुर पुनलाई ३–१ र सुदीपबहादुर सिंहले दिलीप अधिकारीलाई ३–० सेटले हराए ।

जुयिनर ब्वाइजतर्फ विकास मगरले पासाङ लामालाई ११–६, १०–१२, ११–७, ११–९ ले र गोपाल थापाले सलिम थापामगरलाई ११–६, ११–५, ११–६ ले हराएर फाइनल पक्का गरे ।

सबैको फाइनल शनिबार नवनिर्मित सेन्टर कोर्टमा हुनेछ । प्लेटको फाइनलमा राजकृष्ण महर्जन र प्रयाग जोशीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : श्रावण २०, २०७९ २३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?