१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेलकुदमा पौने चार करोड विनियोजन

कान्तिपुर संवाददाता

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले चालु आवमा खेल क्षेत्रका लागि पौने ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

खेलकुदमा पौने चार करोड विनियोजन

असार २१ मा पारित आव ०७९/८० को बजेटमा खेलकुदको पुर्वाधार निर्माण गर्न, प्रशिक्षण, प्रतियोगिता सञ्चालन गर्न, प्रतियोगिताका लागि भाग लिन र खेल सामग्री वितरण गर्नका लागि ३ करोड ७३ लाख ८२ हजार विनियोजन गरिएको छ । फुटबल खेलाडी उत्पादनको उर्वर भूमिको रूपमा रहेको हेटौंडामा उपमहानगरपालिकाले फुटबलको नियमित प्रशिक्षण सञ्चालन गर्न फुटबल एकेडेमीका लागि ७५ लाख छुट्याएको छ । सहिद स्मृति स्थानीय तह गोल्डकप फुटबल प्रतियोगिता आयोजनामा सहकार्य गर्न २५ लाख रकम छुट्याएको छ ।

नगरमा थप एक मिनी रंगशाला तथा फुटसल कोर्ट निर्माण कार्य सुरु गर्न ८० लाख उपमहानगरपालिकाले विनियोजन गरेको छ । हेटौंडा उपमहानगरपालिका—५ स्थित पिप्ले क्याम्पा रंगशालाको पूर्वाधार निर्माणका लागि थप २५ लाख छुट्याइएको छ ।

उक्त रंगशाला पिप्ले युवा क्लबको सक्रियतामा महानगरपालिका र नगरवासीको आर्थिक सहयोगमा निर्माण गरिएको हो । रंगशालामा ४ हजार दर्शक अट्ने प्यारापिट रहेको छ ।

प्रकाशित : श्रावण २०, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?