कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नवौं राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै : सदस्यसचिव घिसिङ

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताएका छन् । 

नवौं राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै : सदस्यसचिव घिसिङ

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक मापदण्ड पूरा गर्न नसक्ने अवस्थामा मात्र काठमाडौंमा केही खेल गराउन सक्ने संकेत उनले गरे । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा बुधबार आयोजित स्पोर्टस् डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई व्यवस्थित गर्न एप्स बनाएर खेल आयोजना, मिति, समय र नतिजा त्यसमा समावेश गर्ने योजना रहेको बताए ।

उनले यसपटक राष्ट्रिय खेलको पहिलो संस्करणदेखि नवौंसम्मका खेलकुदका डाटा सुरक्षित गरिने तयारीसमेत रहेको बताए । यसैगरी सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडी छनोटसमेत गरिने बताए ।

प्रकाशित : श्रावण १८, २०७९ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?