भारतद्वारा माल्दिभ्स पराजित, नेपाल बाहिरियो

कान्तिपुर संवाददाता

काठमाडौँ — यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो ।

भारतद्वारा माल्दिभ्स पराजित, नेपाल बाहिरियो

यो नतिजापछि नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । भारत त्यस खेलमा पराजित रहेको भए नेपाल फाइनल पुग्ने थियो । भारत नौ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रह्यो ।

भारतका लागि गरकित सिंहले खेल सकिन एक मिनेट अगाडि निर्णायक गोल गरे । खेलको अन्त्यमा भारत १० खेलाडीमा सीमित रह्यो । पार्थिव गोगोइ रातो कार्डसँगै मैदान छाड्न बाध्य रहे ।

नेपाल भने सात अंकमै सीमित रह्यो । नेपालले यसअगाडि बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । लिग चरणको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग पराजित हुनु नै फाइनल पुग्न नसक्नुको मुख्य कारण बन्यो ।


प्रकाशित : श्रावण १७, २०७९ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?