कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उमेशले जिते रजत पदक

काठमाडौँ — नेपाली शारीरिक सुगठन खेलाडी उमेश राईले बुधबार रजत पदक जितेका छन् । उनले माल्दिभ्समा भएको ५४ औं एसियाली शरीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपअन्तर्गत ८० केजी तौलमा रजत जितेका हुन् ।

उमेशले जिते रजत पदक

आठ खेलाडी प्रतिस्पर्धी उक्त तौलमा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्यान्डका पतैवात अलकावातले कांस्य पदक जितेका थिए ।

यसअघि फिटनेस फिजिकतर्फ १७० सेन्टिमिटरसम्म नेपालका राजु राईले कांस्य पदक जितेका थिए । नेपालका तीन खेलाडीले भाग लिएको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पारेको टोली व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

खेलाडीको मनोबल उच्च पार्न नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत जित्ने खेलाडीलाई १ लाख र कांस्य जित्ने खेलाडीलाई ७५ हजार नगदबाट सम्मान गर्ने घोषणा गरेको व्यवस्थापक राजभण्डारीले बताए ।

यसै क्रममा नेपालले २०२३ मा गर्ने ५५ औं एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एसियन फेडेरेसनबाट दातुक पाउल चुवाले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : श्रावण ४, २०७९ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?