१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

भगवतीको नेतृत्वमा स्पोर्ट्स युनियन

भक्तपुर — रेस्लर भगवती खड्का (युनिका) को नेतृत्वमा ७ सदस्यीय भक्तपुर जिल्ला स्पोर्ट्स युनियन नेपालको शनिबार गठन भएको छ ।

भगवतीको नेतृत्वमा स्पोर्ट्स युनियन

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष विनोद श्रेष्ठ, स्पोर्ट्स युनियन नेपालका अध्यक्ष प्रदेश सांसद सीता लामा, केन्द्रीय महासचिव सुदीप शर्मालगायतको उपस्थितिमा शनिबार सम्पन्न भेलाले भगवतीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।

युनियनको उपाध्यक्ष क्रिकेटका सुसन श्रेष्ठ, सचिवमा क्रिकेटका पवन पौडेल र कोषाध्यक्षमा क्रिकेटका सञ्जय बस्नेत छन् । सदस्यमा करातेका श्रीकिसुन साह, क्रिकेटका सुरजरत्न शाक्य र करातेका हीरा तामाङ छन् ।

विभिन्न ६ जिल्लामा युनियन गठन भइसकेको स्पोर्टस नेपाल युनियनकी अध्यक्ष लामाले जानकारी दिइन् । यसअघि मकवानपुर, उदयपुर, ललितपुर, काठमाडौं र रूपन्देहीमा कार्यसमिति गठन भइसकेको छ ।

जिफन्टका पूर्वअध्यक्ष रहेका विनोद श्रेष्ठले सफल कार्यकालका लागि शुभकामना दिँदै खेलाडीको हकहितको पक्षमा लड्न युनियनलाई सुझाए । अध्यक्ष लामाले मुख्यतः खेलाडीको श्रमसम्बन्धी विषयवस्तुमा केन्द्रित रहेर कार्य गर्न युनियन बनाइएको बताइन् ।

प्रकाशित : असार ३२, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?