१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पदक विजेता सम्मानित

काठमाडौँ — जैसीदेवल युथ क्लबले शनिबार पदक विजेता आफ्ना खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

जैसीदेवल तेक्वान्दो डोजाङले गत साता भारतको आसाममा भएको इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र काठमाडौंमा भएको प्रथम उपत्काव्यापी तेक्वान्दो प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

प्रदेश सांसद विराजभक्त श्रेष्ठ तथा जैसीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले विजेता खेलाडीलाई ‘स्पोर्ट्स सुज’ र जनही एक हजारले फुरस्वृत गरे । आसाममा डोजाङका ११ खेलाडीले पदक जितेका थिए । उपत्यकाव्यापी तेक्वान्दोमा जैसीदेवल डोजाङले तीन पदक जितेको थियो ।

प्रकाशित : असार २६, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?