बास्केटबलमा आयोजक ऋत विजयी

काठमाडौँ — आयोजक ऋत एकेडेमी एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार प्रिक्वाटरफाइनल पुगेको छ ।

बास्केटबलमा आयोजक ऋत विजयी

घरेलु कोर्टमा ऋतले ब्ल्याक रिबनलाई ८–५ स्कोरले पराजित गर्‍यो । एन्जल्स हार्ट ‘ए’ ले सिनर्जीलाई ७–२ अन्तरले पराजित गरेको छ । यस्तै इन्साइट भिजन ‘ए’ ले बलर्स एकेडेमीलाई ७–५ ले पराजित गर्‍यो । बुद्ध नेसनल एकेडेमीले विद्या व्यायामलाई ७–३ अन्तरले पराजित गरेको छ । तीनै टोलीले प्रिक्वाटरफाइनल सुरक्षित गरेका छन् ।

अन्य खेलमा एनसीसीएस, नखिपोट, स्किब्स, एन्जल्स हार्ट ‘बी’, न्यु मिलिनियम, त्रिकोण, हिमरश्मी, न्यु जेनिथ ‘ए’ र ‘बी’, विस्ट, ग्रिओन टिम र इन्साइट भिजन ‘बी’ विजयी भए ।

ऋत एकेडेमीका प्रिन्सिपल आनन्दकुमार यादवले प्रतियोगिता उद्घाटन गरेका थिए । ब्वाइजतर्फ ८० र गर्ल्सतर्फ १६ गरी ९६ टिम सहभागी छन् । गर्ल्सको प्रतिस्पर्धा बुधबार सुरु हुनेछ ।

प्रकाशित : असार २१, २०७९ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?