१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सन्दीपले दाम्बुलाबाट लंका प्रिमियर लिग खेल्ने

काठमाडौँ — नेपाली क्रिकेटर सन्दीप लामिछानेले तेस्रो लंका प्रिमियर लिग (एलपीएल) दाम्बुला जायन्ट्सबाट खेल्ने भएका छन् । दाम्बुलाले अन्तर्राष्ट्रिय खेलाडी कोटामा डायमन्ड क्याटगोरीबाट स्पिनर सन्दीपलाई ४० हजार डलरमा लिएको हो ।

सन्दीपले दाम्बुलाबाट लंका प्रिमियर लिग खेल्ने

पाँच टिम सहभागी हुने लंका प्रिमियर लिग जुलाई ३१ बाट अगस्ट २१ सम्म हुनेछ । लिगका खेलहरू कोलम्बो र हम्बन्नटोटामा हुनेछन् ।

श्रीलंका क्रिकेट (एएलसी) ले आयोजना गर्ने प्रतियोगिताको २०२२ को संस्करणका लागि ३ सय ५३ खेलाडी ड्राफ्टमा रहेका थिए । त्यसमा १ सय ८० विदेशी खेलाडी थिए ।

नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीपले यसअघि विश्वका सबै जसो लिग खेलिसकेका छन् ।

प्रकाशित : असार २१, २०७९ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?