३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रोनाल्डोको म्यानचेस्टर छाड्ने इच्छा

एएफपी

लन्डन — क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा देखाएको खुलासा भएको छ । अन्य कुनै क्लबले अनुकूल प्रस्ताव राखेमा पोर्चुगाली स्टार इंग्लिस प्रिमियर लिग क्लब छाड्न चाहन्छन् । गत सिजन मात्रै ३७ वर्षीय फरवार्ड युभेन्ट्सबाट ओल्ड ट्राफोर्ड फर्केका थिए । त्यस सिजन उनी क्लबका लागि सर्वाधिक गोलकर्ता पनि रहेका थिए ।

रोनाल्डोको म्यानचेस्टर छाड्ने इच्छा

यस्तै उनी लिगमै सर्वाधिक गोलकर्ता सूचीको तेस्रो स्थानमा रहेका छन् । तर, म्यानचेस्टरका लागि पूरा सिजन नै बिर्सनलायक रह्यो । टिम लिग अंक तालिकाको छैटौं स्थानमा रह्यो । त्यसै कारण उनको युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना पूरा हुन सकेन । पाँचपल्टको बालोन डी’अर विजेता रोनाल्डो म्यानचेस्टरमै रहे आफ्नो खेलजीवनमै पहिलोपल्ट युरोपा लिग खेल्नुपर्ने अवस्थामा पुग्नेछन् ।

उनले गत सिजन सबैखाले प्रतियोगितामा गरेर २४ गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका नयाँ व्यवस्थापक एरिक टेन हागले रोनाल्डो बिक्रीमा नभएको बताउँदै आएका छन् । उनले आफू रोनाल्डोसँग काम गर्न इच्छुक रहेको समेत बताएका छन् । म्यानचेस्टरका लागि तीनपल्ट लिग उपाधि जितेका रोनाल्डोले क्लबबाट कुल ६ उपाधि जितिसकेका छन् ।

सन् २००९ मा उनी म्यानचेस्टर छाडेर रियल म्याड्रिड गएका थिए । सन् २०१९ मा पनि युभेन्ट्ससँग आबद्ध भए । म्यानचेस्टरले नयाँ सिजनका लागि आफ्ना खेलाडीलाई बोलाइसकेको छ र त्यसकै तयारीका रूपमा टिम थाइल्यान्ड जाँदै छ । तर रोनाल्डोको भविष्यलाई लिएर उत्पन्न अन्योल भने कायम छ ।

प्रकाशित : असार २०, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?