सिरी ‘ए’ मा महिला रेफ्री

एपी

मिलान — रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी छन् । यसक्रममा उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछन् । उनलाई अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा गरिएको छ । गत वर्ष उनी सिरी ‘ए’ टिमसम्मिलित खेल खेलाउने पहिलो महिला रेफ्री भएकी थिइन् ।

सिरी ‘ए’ मा महिला रेफ्री

इटालियन कपमा काग्लियारीसम्मिलित खेलमा ३१ वर्षीया फेरिरीले पहिलोपल्ट रेफ्रीको भूमिका निभाएकी थिइन् । त्यतिबेला काग्लियारीले सिटाडेलाविरुद्ध खेलेको थियो । उक्त खेलमा उनले तीन गोललाई मान्यता दिएकी थिइनन् । इटालीको फुटबल रेफ्री संघका अध्यक्ष अल्फ्रेडो ट्रेटालान्गाले फेरिरीको उपलब्धि निकै सन्तोषजनक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘अर्को सिजन ऐतिहासिक घटना हामीले देख्न पाउने छौं र यो वास्तवमै निकै खुसीको उपलब्धि हुनेछ । माथिल्लो दर्जाको फुटबलमा महिलाको उपस्थितिले खुसी दिनेछ ।’ सात वर्षअघि रेफ्रीको भूमिकामा देखापरेकी फेरिरीले सिरी ‘सी’ को खेल खेलाएपछि गत वर्ष सिरी ‘बी’ को खेल पनि सञ्चालन गरेकी थिइन् ।

प्रकाशित : असार २०, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?