१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पुलिसलाई भलिबल उपाधि

काठमाडौँ — नेपाल पुलिस क्लब प्रथम वाग्मती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय नेपाल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

पुलिसलाई भलिबल उपाधि

पुलिसले २५–१६, २७–२५ र २५–१९ को सेटमा जित निकाल्यो । पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो । शनिबारै परोपकार आदर्श माध्यमिक विद्यालयलाई २५–१२, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै आयोजक होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ ।

उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । दोस्रो भएको एपीएफले २ लाख ५० हजार रुपैयाँ हात पारे । तेस्रो भएको होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेको छ ।

नेपाल पुलिस क्लबकी कोपिला राना प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिँदै २५ हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

न्यू डायमन्डकी सलिना बुढा मगर उदीयमान खेलाडी हुँदै २० हजार रुपैयाँसँगै ट्रफी हात पारिन् । एपीएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर, एपीएफकै उषाकुमारी विष्ट उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, डायमन्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान १० हजार रुपैयाँ र शिल्ड हात पारे ।


प्रकाशित : असार १८, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?