कान्तिपुरकर्मी परियार वर्ष उत्कृष्ट खेल पत्रकार


पोखरा — कान्तिपुरका पोखरा संवाददाता दीपक परियार छैटौं पोखरा स्पोटर्स अवार्डमा वर्ष उत्कृष्ट खेल पत्रकार घोषित भएका छन् । उनलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शनिबार पोखरामा आयोजित अवार्ड समारोहमा पुरस्कृत गरिएको हो ।


पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको छ । उनलाई सांसद विद्या भट्टराई, प्रतिभा छनोट समितिका संयोजक एवं पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडेल, केन्द्रीय सदस्य सरिता तिमिल्सिना, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलगायतले अवार्ड प्रदान गरे ।