वुमेन्स साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौँ — दक्षिण एसियाली फुटबल महासंघको शनिबार बंगलादेशको ढाकामा बसेको बैठकले अबको वुमेन्स साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । बैठकले भदौ १३ देखि २५ सम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

वुमेन्स साफ च्याम्पियनसिप नेपालमा हुने

बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले प्रतियोगिता नेपालमा गर्ने प्रस्ताव राखेको थियो र त्यसलाई अनुमोदन गरिएको थियो ।

नेपालले यसअघि सन् २०१९ मा वुमेन्स साफ च्याम्पियनसिपको आयोजना गरेको थियो । बैठकले यू–१७ साफ च्याम्पियनसिप श्रीलंकामा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता भदौ २० देखि ३१ सम्म हुनेछ ।

प्रकाशित : असार १८, २०७९ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?