महिला गल्फ हुने- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला गल्फ हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ‘वुमेन्स ओपन गल्फ’ प्रतियोगिता शनिबार हुने भएको छ । महिला खेलाडीले मात्रै प्रतिस्पर्धा गर्ने गरी देशमै पहिलोपल्ट गल्फ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता र समुदायको माध्यमबाट महिला गल्फरलाई सशक्तीकरण गर्नका लागि गरिने एकदिने प्रतियोगिता स्टेबलफोर्ड ३/४ ह्यान्डीक्यापका आधारमा खेलाइने छ । ८ देखि १६ वर्ष उमेरकाले ९ होलमा हुने जुनियरको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् भने सिनियरले १८ होल खेल्नेछन् ।

एमेच्योर गल्फर प्रतिमा शेर्पासहित आश्रिया बानु र सरिताश्री ज्ञवालीद्वारा आयोजित प्रतियोगितामा ५० सोसल गल्फर सहभागी हुने अपेक्षा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने प्रतियोगितामा विभिन्न स्पर्धाका विजेताहरूले स्कुटर, टर्की आवतजावतको हवाई टिकट, गिफ्ट भौचरसहित थुप्रै पुरस्कार प्राप्त गर्नेछन् ।

‘फोर्ब्स ३० अन्डर ३० एसिया’ मा पनि परेकी नम्बर एक नेपाली महिला गल्फर शेर्पाले भनिन्, ‘यस्ता प्रतियोगिता नेपाली महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी हुन र प्रतिस्पर्धा गर्न उत्साहित पार्दछ ।’ महिला कप्तान बानुले आकर्षक गल्फ कोर्स र मौसमका कारण यस्ता प्रतियोगिताले खेल पर्यटनमा पनि टेवा पुर्‍याउने बताइन् ।

प्रकाशित : असार १७, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्

बालिका बलात्कार आरोपमा १६ वर्षीय किशोर पक्राउ

डम्बरसिं राई

खोटाङ — पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ परेका छन् ।

कपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १६ वर्षीय किशोर पक्राउ परेका हुन् ।

निज युवकले बालिकालाई मंगलबार बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । साथै बिहीबार बिहान उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । दोषी ठहर भए बाल सुधारमा पठाइने लम्सालले जनाए ।

प्रकाशित : असार १७, २०७९ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×