१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्लिसकोभा बाहिरिइन्

एएफपी

लन्डन — बेलायती वाइल्डकार्ड केटी बौल्टर उत्कृष्ट पुनरागमनका साथ बिहीबार क्यारोलिन प्लिसकोभालाई पराजित गर्दै विम्बल्डन टेनिसको तेस्रो चरण पुगेकी छन् । सेन्टर कोर्टमा भएको खेलमा २५ वर्षीया बौल्टरले सन् २०२१ की उपविजेता चेक गणतन्त्रकी प्लिसकोभालाई ३–६, ७–६, ६–४ लाई पराजित गरिन् ।

प्लिसकोभा बाहिरिइन्

पुरुषतर्फ जर्मन खेलाडी स्टेफानोस सिटसिपासले तेस्रो चरणमा प्रवेशका लागि अस्ट्रेलियाका जोर्डन थोम्सनलाई ६–२, ६–३, ७–५ ले हराए । पूर्वफ्रेन्च ओपन उपविजेता ग्रिस खेलाडीले तेस्रो चरणमा केही चुनौती सामना गर्नुपरे पनि जितका लागि धेरै मिहिनेत गर्नुपरेन । चौथो वरीयताका सिटसिपास सन् २०१८ यता विम्बल्डनको तेस्रो चरणमा पुगेको यो पहिलोपल्ट हो ।

यस अगाडि एन्डी मरे अमेरिकी खेलाडी जोन इस्नरसँग पराजित हुँदै बुधबार दोस्रो चरणबाट बाहिरिएका छन् । पूर्व नम्बर एक खेलाडी ३५ वर्षीय मरे ६–४, ७–६, ६–७ र ६–४ ले पराजित भए । तेस्रो सेट जितेर मरेले खेलमा आफ्नो सम्भावना राखे पनि २० औं वरीयताका इस्नर अन्ततः बलियो रहे ।

बुधबारकै खेलबाट १९ वर्षीय बेलायती किशोरी इमा राडुकानुको चुनौती पनि सकिएको छ । उनी फ्रान्सकी क्यारोलिन गार्सियासँग ६–३ र ६–३ ले पराजित रहिन् । चोटबाट बच्न संघर्षरत राडुकानुले आफ्नो प्रतिष्ठा र अपेक्षाअनुसार खेल्न सकिनन् ।

प्रकाशित : असार १७, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?