क्रिकेट संघ धादिङ र खेलाडीलाई नगदसहित सम्मान

सरिता श्रेष्ठ

धादिङ — बेनिघाट रोराङ गाउँपालिकाले क्रिकेट संघ धादिङ र खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

क्रिकेट संघ धादिङ र खेलाडीलाई नगदसहित सम्मान

क्रिकेट संघ धादिङलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले संघका अध्यक्ष दिपेश कँडेललाई नगद तथा सम्मान प्रदान गरेका हुन् ।

त्यस्तै, बेनिघाट रोराङ गाउँपालिकाबाट वाग्मती प्रदेशस्तरीय क्रिकेट खेल्ने ३ जना खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा श्याम त्रिपाठी, आशिष मिया र एन्जल सिलवाल छन् । उनीहरुलाई जनही २५ हजारसहित सम्मान गरिएको हो ।

चैतको पहिलो साता चितवनमा सम्पन्न वाग्मती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा धादिङको टिम उपविजेता बनेको थियो । सोही अवसरमा तात्कालीन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बेनिघाटका ३ जना खेलाडी २५–२५ हजार र क्रिकेट संघ धादिङलाई ५० हजार प्रदान गर्ने घोषणा गरेका थिए ।

प्रकाशित : असार १६, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?