कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मिक्समाण्डुलाई इन्डोर क्रिकेट ट्रफी

काठमाडौँ — मिक्समाण्डुले ग्वार्कोमा सम्पन्न टी–१० लिग इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार फाइनल खेलमा ब्रदर्श ११ लाई २६ रनले पराजित गरेको थियो ।

मिक्समाण्डुलाई इन्डोर क्रिकेट ट्रफी

टस जितेर ब्याटिङ गरेको मिक्समाण्डुले १० ओभरमा ५ विकेट गुमाएर ७६ रन जोडेको थियो । मिक्समाण्डुका प्रतिश जिसीले सर्वाधिक १६ रन जोडे । बलिङतर्फ ब्रदर्शका दुर्गेश थापाले २ विकेट लिए ।

जवाफमा ७७ रनको लक्ष्य पाएको ब्रदर्श ९.१ ओभरमा ४९ रनमै समेटिन पुग्यो । दुर्गेश थापाले २२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । प्लेयर अफ द म्याच मिक्स्माण्डुका अविनाश बस्याल भए ।

उत्कृष्ट ब्याटर टिम सुबिसुका दीपेश दास र उत्कृष्ट बलर ब्रदर्शका लोकेन्द्र विष्ट भए भने मिक्समाण्डुका प्रतिश जिसी उत्कृष्ट खेलाडी घोषित भए । मिक्समाण्डुले ३० हजार पुरस्कार पायो । विजेतालाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार प्रदान गरे ।

प्रकाशित : असार १५, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?