जोकोभिच सजिलै तेस्रो चरणमा

एएफपी

लन्डन — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले अस्ट्रेलियाका थानासी कोकिनकिसलाई सजिलै पराजित गर्दै तेस्रो चरण पुगेका छन् । सर्बियाका ३५ वर्षीय जोकोभिच लगातार चौथो विम्बल्डन उपाधिको अभियानमा छन् ।

जोकोभिच सजिलै तेस्रो चरणमा

उनी प्रतियोगिताको ६ पटकको विजेता पनि हुन् । उनले विश्व नम्बर ७९ का कोकिनकिसलाई ६–१, ६–४ र ६–२ ले पराजित गरे । महिलातर्फ एनेट कोन्टाभिएट प्रतियोगिताबाट बाहिरिने शीर्ष वरीयताका पहिलो खेलाडी भएकी छन् ।

उनलाई जर्मनीका जुले नेयमरले ६–४ र ६–० ले पराजित गरिन् । विश्व नम्बर ९७ की २२ वर्षीया खेलाडी नेयमारले आफ्नो जितपछि स्तब्ध भएको बताइन् । उनी यस जितसँगै तेस्रो चरण पुगेकी छन् । कोन्टाभिएट भने कोरोना संक्रमणपछि आफ्नो लयमा रहेकी छैनन् ।

प्रकाशित : असार १५, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?