कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पुनरागमनमा सेरेनाको हार

एएफपी

लन्डन — सेरेना विलियम्स फ्रान्सेली खेलाडी हारमोनी टानसँग मंगलबार पराजित भएकी छन् । सात पटकसम्म च्याम्पियन रहेकी सेरेना फ्रान्सेली खेलाडी हारमोनी टानसँग ७–५, १–६ र ७–६ (१०/७) ले पराजित भएकी हुन् ।

पुनरागमनमा सेरेनाको हार

अमेरिकाकी ४० वर्षीया सेरेना गत वर्ष चोटका कारण विम्बल्डनमा खेल्न असमर्थ रहेकी थिइन् । मंगलबारको अर्को खेलमा विजयी रहेर दोस्रो चरण पुग्न राफेल नाडालले संघर्ष गर्नु परेको थियो ।

अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन विजेता नाडालले फ्रान्सिस्को चेरुन्डोलोलाई ६–४, ६–३ ३–६ र ६–४ ले पराजित गरे । दुईपल्टका विम्बल्डन च्याम्पियन नाडाल सन् २०१९ यता पहिलो पल्ट प्रतियोगितामा खेलिरहेका छन् ।

प्रकाशित : असार १५, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?