कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विम्बल्डन टेनिस : स्वाटेक सजिलै दोस्रो चरणमा

एएफपी

लन्डन — आफ्नो जित यात्रालाई कीर्तिमान ३६ खेल पुर्‍याउँदै इगा स्वाटेक मंगलबार विम्बल्डन टेनिसको दोस्रो चरण प्रवेश गरेकी छन् । विश्व नम्बर एक महिला खेलाडी स्वाटेकले क्रोएसियाका क्वालिफायर जाना फेटलाई ६–०, ६–३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी हुन् । उनी भेनस विलियम्सको नाममा रहेको सर्वाधिक लगातार जितको कीर्तिमान उछिन्न सफल रहिन् ।

विम्बल्डन टेनिस : स्वाटेक सजिलै दोस्रो चरणमा

फ्रेन्च ओपन जितेयता पहिलोपल्ट खेलिरहेकी २१ वर्षीया पोल्यान्डकी खेलाडीले सेन्ट्रल कोर्टमा प्राप्त जितपछि भनिन्, ‘पहिलो खेल जहिले पनि चुनौतीपूर्ण हुन्छ । पहिलो सेट जितेपछि दोस्रोमा केही गाह्रो भयो ।’ उनले विम्बल्डनमा खेल्नुभन्दा केही समयअघि देखि कुनै पनि अभ्यास प्रतियोगितामा सहभागिता जनाएकी थिइनन् ।

मंगलबारै स्पेनकी चौथो वरीयताकी पाउला बाडोसाले ५६ मिनेट चलेको खेलमा अमेरिकाकी लुइसा चिरोकोलाई ६–२, ६–१ ले हराइन् । ग्रिककी पाँचौं वरीयताकी मारिया साकारीले अस्ट्रेलियाकी क्वालिफायर जोस हिभेसलाई ६–१, ६–४ ले पराजित गरिन् । कोको गउफले एक सेटले पछाडि रहेको स्थिति उल्टाएर रोमानियाकी एलेना ग्याब्रिएल रुसलाई २–६, ६–३, ७–५ ले पन्छाइन् ।

प्रकाशित : असार १५, २०७९ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?