कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पुलिस र एपीएफ क्लब विजयी

काठमाडौँ — दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले वाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

पुलिस र एपीएफ क्लब विजयी

मंगलबार पुलिसले आयोजक न्यु डायमन्डलाई २५–१६, २५–१५, २५–१५ को सोझो सेटमा हरायो ।

कीर्तिपुरस्थित कभर्डहलमा एपीएफले परोपकार आदर्श माविलाई २५–११, २५–४, २५–३ ले सजिलै पन्छायो । शीर्ष चार स्थान हात पर्ने टिमले क्रमश: ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार पाउनेछन् ।

बुधबार प्रहरी र परोपकार तथा न्यु डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछन् ।

प्रकाशित : असार १४, २०७९ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?