२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

इंग्ल्यान्डको ह्वाइटवास

एएफपी

लिड्स — जोनी बेरिस्टोको आक्रामक ब्याटिङ मदतमा इंग्ल्यान्डले सोमबार न्युजिल्यान्डविरुद्धको विश्व टेस्ट च्याम्पियनसिपमाथि ह्वाइटवास गरेको छ । उनले आफ्नो गृहमैदानमा तीव्र गतिको अर्धशतक इंग्ल्यान्डले जितका लागि २ सय ९६ रनको लक्ष्य सफलतापूर्वक पछ्याएपछि ७ विकेटले विजयी रह्यो । खेल सकिँदा इंग्ल्यान्ड तीन विकेट गुमाएर २ सय ९६ रनको स्थितिमा रह्यो । बेरिस्टो ७१ रन बनाएर नटआउट रहे । यो ३० बलमा सम्भव भएको रन स्कोर थियो ।

इंग्ल्यान्डको ह्वाइटवास

इंग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा यो दोस्रो तीव्र गतिको अर्धशतक हो । पूर्वकप्तान जो रुट ८६ रन बनाएर नटआउट रहे । उनले ५५ रनबाट व्यक्तिगत स्कोरबाट दिनको सुरुआत गरेका थिए । उनले आफ्ना योर्कसायर खेलाडी बेरिस्टोसँग मिलेर १ सय ११ रनको निर्णायक साझेदारी गरे । वर्षाले गर्दा अन्तिम तथा पाँचौं दिनको बिहानको खेल सम्भव भएको थिएन । इंग्ल्यान्ड २ विकेट गुमाएर १ सय ८३ बाट खेल्न अगाडि सुरु गरेको थियो ।

टोलीका लागि वर्षा रोकिएपछि ७८ ओभर उपलब्ध थियो र जितभन्दा १ सय १३ रन टाढा थियो । तर इंग्ल्यान्ड १५.२ ओभरमात्र उपयोग गरेर जितसम्म पुगेको थियो । यसबीच एक घण्टाको खेलमात्र आवश्यक रह्यो । बेरिस्टोले अफ स्पिनर माइकल ब्रेसवेलको बललाई डिप मिडविकेटमा छक्का प्रहार गर्दै जित निश्चित गरे । जितपछि इंग्ल्यान्डले तीन टेस्टको शृंखलामा ३–० को अग्रता लिएको थियो । टोलीले कप्तान बेन स्टोक्सको नेतृत्वमा पहिलो शृंखला खेलिरहेको थियो ।

इंग्ल्यान्डले न्युजिल्यान्डका पूर्वकप्तान ब्रेन्डन म्याकलमको प्रशिक्षणमा पनि पहिलो शृंखला खेलेको थियो । अघिल्लो दिन ८१ रनमा नटआउट रहेका ओली पोप दिनको पाँचौं बलमा आउट भए । उनी टिम साउथीको बलमा आउट भएका हुन् । यससँगै रुटसँग उनको १ सय ३४ रनको साझेदारी टुटेको थियो । न्युजिल्यान्डले पोपको विकेटपछि इंग्ल्यान्ड दबाबमा आउने महसुस गरे पनि त्यस्तो केही पनि भएन । दिनको दोस्रो ओभरमै १७ रन निस्केको थियो ।

शृंखलामा इंग्ल्यान्डका ‘प्लेयर अफ द सिरिज’ रुटले ट्रेन्ट बोल्टको बलमा चौका प्रहार गर्दै टिमको जित आधार सुरु गरे । नयाँ ब्याट्सम्यानका रूपमा मैदानमा ओर्लेका बेरिस्टोले पनि सामना गरेको बोल्टको पहिलो बलमै चौका प्रहार गरे । यसअघि न्युजिल्यान्डले आफ्नो दोस्रो इनिङ्समा ३ सय २६ रन बनाएको थियो । अब इंग्ल्यान्डले शुक्रबार एजबास्टनमा हुने खेलमा भारतको सामना गर्नेछ । यो गत वर्ष कोरोना महामारीका कारण रोकिएको शृंखलाको अन्तिम टेस्ट हुनेछ ।

प्रकाशित : असार १४, २०७९ ०६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?