कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पर्यटनमन्त्रीको जोड ‘पर्यटकीय खेलकुद’

काठमाडौँ — नवनियुक्त पर्टयन, संस्कृति, नागरिक तथा उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय खेलमा जोड लक्ष्य लिएको बताउँदै नेपालमा बढीभन्दा बढी पयर्टक भित्र्याउन खेलकुद एक माध्यम रहेको बताएका छन् ।

पर्यटनमन्त्रीको जोड ‘पर्यटकीय खेलकुद’

श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । यसअगाडि राष्ट्रिय खेलकुद परिषदको नेतृत्वसम्हालिसकेका श्रेष्ठको सम्मानमा कमिटीले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले पर्यटकीय खेलकुदप्रति जोड दिए ।

सातदोबाटोस्थित ओलम्पिक मुख्यालयमा आयोजित कार्यक्रममा उनले खेलकुदलाई पयर्टनसँग जोड्ने सम्भावित उपायबारे छलफल गर्नुपर्ने पनि बताए । उनले भने, ‘हामीसँग धेरै समय छैन तर काम भने धेरै गर्नु छ । यो समयमा खेलकुदलाई पयर्टनसँग जोडेर ठोस कार्यक्रमलाई मूर्त रूप दिन सके धेरै राम्रो हुन्छ । विशेषतः हामीले पर्वतीय खेलकुदको सम्भावनाबारे गम्भीर रूपमा ठोस कार्यक्रम ल्याउन आवश्यक छ ।’ कार्यक्रममा कमिटीका सबै बोर्ड सदस्य उपस्थित थिए ।

मन्त्री श्रेष्ठले थपे, ‘हामीले लामो समयदेखि पर्वतीय खेलकुदमा जोड दिइरहेका थियौं, अहिले हामी त्यसलाई कार्यान्वयन गर्ने स्थितिमा पुगेका छौं । सरकारको नीति तथा कार्यक्रममा पनि यो क्षेत्रलाई विकास गर्ने योजना छ । हामी पर्वतीय खेलकुदको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आयोजना गर्न सक्षम हुनुपर्छ । हाम्रो मुख्य योजना भनेको पयर्टनसँग खेलकुदलाई जोड्ने हो र हामीले यससँग सम्बन्धित सबै क्षेत्रसँग छलफल अगाडि बढाउने छौं ।’

प्रकाशित : असार १४, २०७९ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?