१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खुला महिला भलिबल आजदेखि

काठमाडौँ — वाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा वाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुँदै छ ।

न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र काठमाडौंको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार पत्रकार सम्मेलनमा बताए ।

सहभागी टिमबीच पहिले राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथोले तेस्रो स्थानका लागि खेल्नेछन् । शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार पुरस्कार पाउँदा विधागत ५ उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

प्रतियोगिताको मुख्य उद्देश्य न्यु डायमन्डको भलिबल कोर्ट निर्माण गर्न सहयोग जुटाउनु हो । नगद पुरस्कार प्राप्त गर्ने टिमले २० प्रतिशत न्यु डायमन्डलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ ।



प्रकाशित : असार १४, २०७९ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?