कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

क्यामरुनी टिमलाई शुभकामना गोल्डकप

पोखरा — नेपाल आइस छैटौं शुभकामना गोल्डकप फुटबलको उपाधि क्यामरुनको एभिनियर क्लबले जितेको छ । गौरीशंकर खेलमैदानमा आइतबार सम्पन्न फाइनलमा एभिनियरले आयोजक हेमजा युनाइटेडलाई ३–१ ले हराएर ६ लाखसहित उपाधि उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ पायो ।

क्यामरुनी टिमलाई शुभकामना गोल्डकप

एभिनियरले खेलको छैटौं मिनेटमा नै अग्रता लियो । विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडर मार्फत गोल गरे । निकै दबाबमा परेको हेम्जाले खेलको ३५ औं मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । एभिनियरका डिफेन्डर र गोलरक्षक कोभासिस झुक्किरहँदा सुशील राईले गोल गरे । खेलको पहिलो हाफ बराबरीमै रोकिएको थियो ।

प्रतिस्पर्धात्मक दोस्रो हाफमा हेम्जाको गोलपोस्ट निकै व्यस्त रह्यो । रक्षात्मक खेल खेलेको हेम्जाले दोस्रो हाफमा गोल गर्न नदिँदा निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । अतिरिक्त ३० मिनेटमा एभिनियरले २ गोल गर्दै ३–१ को स्थिति बनाएपछि उपाधि चुमेको हो । खेलको ९८ औं मिनेटमा साङले गोल गरे । यस्तै १ सय ६ औं मिनेटमा विल्लेले गोल गर्दै जित सुनिश्चित गराए ।

दीप कार्की सर्वोत्कृष्ट

हेम्जा युनाइटेडका गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले ५० हजार रुपैयाँ ट्रफी प्राप्त गरे । आयोजक हेम्जा युनाइटेडलाई फाइनल पुर्‍याउन उनको महत्त्वपूर्ण योगदान रहेको थियो ।

हेम्जा युनाइटेडकै आशिक गुरुङ उत्कृष्ट डिफेन्डर भए भने सुशील राई उत्कृष्ट फरवार्ड घोषित भए । एभिनियरका गोलरक्षक कोभास्सी उत्कृष्ट गोलरक्षक, नेल्सन उत्कृष्ट मिडफिल्डर र आशिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । उदीयमान खेलाडी हेम्जाका मनीष थापा घोषित भए । सबैले २०–२० हजार रुपैयाँ प्राप्त गरे । अनुशासित टिम कालिका फुटबल क्लबले २५ हजार प्राप्त गर्‍यो । सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे । दुवैले ३–३ गोल गरे । उनीहरूले २५ हजार रुपैयाँ पाए । विजेतालाई गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले पुरस्कृत गरे ।

प्रकाशित : असार १४, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?