अपन राधेमाई फाइनलमा

काठमाडौँ — अपन राधेमाई युथ क्लब यू–१६ नेक्सस कप टी–२० क्रिकेट सिजन ५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १ सय २९ रन बनायो । राधेमाईका सागिर मियाँले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाए ।

जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउँदै मात्र ३९ रनमा खुम्चियो । बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ अनिश साह कानुले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले २–२ ब्याट्सम्यानलाई पेभेलियन फर्काए ।

उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित : असार १३, २०७९ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?