पोखरा स्पोर्ट्स अवार्डको मनोनयन

पोखरा — असार १८ मा हुने छैटौं पोखरा स्पोर्ट्स अवार्डको मनोयनन शनिबार सार्वजनिक गरिएको छ । स्पोर्ट्स अवार्ड ७ विधामा प्रदान गरिनेमा चार विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

वर्ष खेलाडी पुरुषतर्फ ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी मनीषा उपाध्याय र करातेकी सरगम कुमाल छन् । उदीयमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी सृष्टि जैसी र बक्सिङका साहिल लिम्बु मनोनयनमा परेका छन् । क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा उत्कृष्ट प्रशिक्षकतर्फ मनोनयनमा परेका छन् ।

पोखरा स्पोर्ट्स अवार्डमा प्रतिभा छनोट गर्न खेलकुद पत्रकार मञ्च गण्डकीले प्रतिभा छनोट उपसमिति गठन गरेको थियो । पूर्वअध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठित समितिको सह–संयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल थिए । समितिले सबै विधामा उत्कृष्ट तीन छानेर सूची सार्वजनिक गरेको हो । लाइफटाइम एचिभमेन्ट अवार्ड, उत्कृष्ट संघ र उत्कृष्ट पत्रकारिता विधाको अवार्ड भने कार्यक्रमकै दिन सार्वजनिक गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।

वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछन् । उदीयमान खेलाडी, प्रशिक्षक, संघ र पत्रकारले जनही ३५ हजार रुपैयाँ पाउने छन् । लाइफटाइम पाउने व्यक्तित्वलाई चाँदीको करुवा, ताम्रपत्र र दोसल्लाबाट सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

प्रकाशित : असार १२, २०७९ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?