२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

चेस ओलम्पियाडका लागि खेलाडी छनोट

काठमाडौँ — भारतमा हुने चेस ओलम्पियाडको ४४ औं संस्करणमा भाग लिने नेपाली खेलाडीको टुंगो लागेको छ । शनिबार राजधानीमा सम्पन्न छनोट प्रतियोगिताबाट मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भए । मिलन र क्षितिजले ५ तथा रुपेसले साढे ४ अंक बटुले ।

चेस ओलम्पियाडका लागि खेलाडी छनोट

वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरीयताका विवेक थिङ स्वतः छनोट भइसकेका छन् ।

महिलातर्फ कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ति धिमाल छनोट भए । कृतिसराले ५.५, अनिशा र विनिताले ५ तथा शान्तिले ४.५ अंक बटुले । राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी स्वतः छनोट भइसकिन् ।

प्रकाशित : असार ११, २०७९ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?