कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महेन्द्ररत्नलाई भलिबल उपाधि

काठमाडौँ — महेन्द्ररत्न क्याम्पसले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार आफ्नै कोर्टमा महेन्द्ररत्नले फाइनलमा रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३, २५–२१ को सोझो सेटमा हरायो । नेपाल कमर्स क्याम्पसले त्रिचन्द्र क्याम्पसलाई २५–१९, २२–२५, २५–१९, २५–२१ को सेटमा हराएर तेस्रो स्थान हात पार्‍यो ।

महेन्द्ररत्नलाई भलिबल उपाधि

महेन्द्ररत्नले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाए ।

महेन्द्ररत्नका हेमन्त मल्ल उत्कृष्ट खेलाडी भए । सर्भरमा रत्नराज्यका रोहित थापा मगर, स्पाइकरमा रत्नराज्यका प्रदीप गुरुङ, ब्लकरमा कमर्सका सफल बिक, सेटरमा कमर्सका सुवास कुँवर तथा लिफ्टरमा रत्नराज्यका लवसन क्षेत्री उत्कृष्ट चुनिए । सबै उत्कृष्टले नगद पुरस्कार पाए ।

प्रकाशित : असार ११, २०७९ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?