१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सन्तोषीलाई स्वर्ण

काठमाडौँ — दशरथ रंगशालामा शुक्रबार सुरु ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको १५ सय मिटर दौडमा सन्तोषी श्रेष्ठ र मुकेश पाल विजेता भएका छन् । वाग्मती प्रदेशकी सन्तोषीले ४ मिनेट ४२.०८ सेकेन्डमा दौड पूरा गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (४ मिनेट ५८.२ सेकेन्ड) दोस्रा र एपीएफकी आशा रावत (५ मिनेट ०५.९ सेकेन्ड) तेस्रा भए ।

सन्तोषीलाई स्वर्ण

पुरुषतर्फ आर्मीका मुकेशले ३ मिनेट ५६.७ सेकेन्डमा दुरी पार गरे । एपीएफका अजित यादवले (३ मिनेट ५८.८ सेकेन्ड) र आर्मीका सुनील सुनार (४ मिनेट ०१.८) दोस्रो र तेस्रो भए ।

त्यस्तै ४०० मिटर दौडमा एपीएफकी रमिताकुमारी थारू ५९.८९ सेकेन्डबाट पहिलो भइन् । आर्मीकी निर्मला थापा (१ मिनेट ०१.०६ सेकेन्ड) दोस्रो र लुम्बिनीकी अरुणा रिजाल (१ मिनेट ०१.९ सेकेन्ड) तेस्रो भए । सोही इभेन्टको पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल विजयी भए । उनले ४८.७९ सेकेन्डमा दूरी पार गरे । आर्मीका प्रकाश दनुवार (४९.९२ सेकेन्ड) र एपीएफका नीरप्रताप महतो (५०.९० सेकेन्ड) दोस्रो र तेस्रो भए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) गरी १० टिमबाट २ सय ४० खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजक एथलेटिक्स संघले जनाएको छ ।

प्रकाशित : असार ११, २०७९ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?