एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिप

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल

काठमाडौँ — नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । वर्षाले यूएईविरुद्धको खेल रद्द भएका कारण नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो नेपाल

नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न नपाएको हो । खेल रद्द भएपछि समूह विजेतका रूपमा यूएई फाइनल पुगेको छ । अब यूएईले हङकङ र मलेसियाबीच खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई ८१ रनमा अलआउट गरेको थियो । नेपालका लागि अश्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएकी थिइन् । समूह चरणमा तीन खेल जिते पनि नेपाल हङकङसँग भने पराजित भएको थियो । नेपालको ६ अंकसहित समूहको उपविजेता बनेको हो ।

एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली एसिया कप महिला टी–२० क्रिकेट खेल्न पाउनेछन् । एसिया कपमा एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपबाट जाने २ टिमबाहेक भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्ड रहेका छन् ।

प्रकाशित : असार १०, २०७९ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?