२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राधेमाई युवालाई सफलता

काठमाडौँ — अपन राधेमाई युवा क्लबले यू–१६ नेक्सस कप टी–२० क्रिकेट सिजनमा बिहीबार जित पाएको छ । राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनले हरायो ।

राधेमाई युवालाई सफलता

पहिलो ब्याटिङ गरेको राधेमाईले २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनायो । शशि पारितले ५३, सफवान अलीले २२ र राहुल हक अन्सारीले २० रन जोडे । भक्तपुरका आयान सिलवालले २ विकेट लिए । जवाफमा बीसीसी १८.१ ओभरमा अलआउट हुँदै ६२ रनमा समेटियो । राधेमाईका सलमान अली मन्सुरी र अनिश साह कनुले ३–३ विकेट लिए ।

अर्को खेलमा आस्था कलेज झापाले ओसिस क्रिकेट एकेडेमीलाई २ विकेटले हरायो । ओसिसले २० ओभर खेल्दै ७ विकेट क्षतिमा १०० रन खडा गर्‍यो । ओसिसका सूर्यांशु कोइरालाले ३७ र निश्चल श्रेष्ठले २१ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ र संगम बुढाथोकीले १ विकेट झारे । आस्थाले १७.१ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य भेटायो । आस्थाका सौजन घिमिरेले २ छक्का मदतमा २१ रन बटुले । ओसिसका बीके शर्माको नाममा ३ विकेट रह्यो ।

प्रकाशित : असार १०, २०७९ ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?