२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अन्तरवडा टेबलटेनिस हुने

काठमाडौँ — स्पिन इभेन्ट्स प्रालिको आयोजनामा दोस्रो देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगता हुने भएको छ । प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भदौ २१ देखि २५ सम्म हुनेछ ।

प्रतियोगितालाई पूर्णशंकर श्रेष्ठले व्यक्तिगत प्रायोजन गर्नेछन् । स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्य र प्रायोजक श्रेष्ठले बिहीबार प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार प्रायोजक श्रेष्ठले प्रतियोगिता आयोजनाका लागि लाग्ने कुल बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने छन् । स्पिनका अध्यक्ष शाक्यले प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने जानकारी गराए । कुल सात स्पर्धा समावेश प्रतियोगितामा पाँच सयभन्दा बढी खेलाडीको सहभागिता रहने अनुमान गरेको छ ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल पुरुष भेट्रान्स एकल ४० वर्षमाथि, पुरुष भेट्रान्स एकल ५० वर्ष माथि र पुरुष भेट्रान्स एकल ६० वर्षमाथि इभेन्टमा खेल हुनेछ । यस प्रतियोगितामा नेपालका शीर्ष १६ वरीयतामा रहेका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् । पुरुष र महिला एकलतर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले समान ७ हजार ५ सय पुरस्कार पाउनेछन् ।

प्रकाशित : असार १०, २०७९ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?