ललितपुरको जीएचसीए सेमिफाइनलमा- खेलकुद - कान्तिपुर समाचार

ललितपुरको जीएचसीए सेमिफाइनलमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।


जीएचसीए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । जीएचसीएले पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई हराएको थियो ।

मूलपानी क्रिकेट मैदानमा जीएचसीएले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई १० विकेटले सहजै पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टोली बन्यो । एन्जल्सले ११.१ ओभरमा पूरै विकेट गुमाएर मात्र ३३ रनको सामान्य योगफल खडा गर्‍यो । एन्जल्सका सन्देश भण्डारीले ९ बलमा ८ रन बनाए । बलिङतर्फ ‘म्यान अफ द म्याच’ जीएचसीएका साइमन रोयले ४ ओभरमा १ मेडन फाल्दै १.७५ को औसतमा मात्र ७ रन दिए । अजय यादवले ३ तथा रुपेश यादवले २ विकेट हात पारे ।

जवाफमा जीएचसीएले ५ ओभरमा विना विकेट क्षति लक्ष्य पूरा गर्‍यो । जीएचसीएका अली अक्बर अन्सारीले १६ बलमा १८ तथा लक्की कठायतले १४ बलमा १५ स्कोर गरे ।

वाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा जीएचसीएको काठमाडौं टोली पनि जित निकाल्न सफल भयो । जीएचसीएले कालिकोट जिल्ला क्रिकेट संघलाई ६ विकेटले हरायो ।

पहिले ब्याटिङ गर्न मैदान प्रवेश गरेको कालिकोटले १२.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन जोड्यो । कालिकोटका विश्वास खत्रीले २३ बलमा १२ तथा कृष भण्डारीले २२ बलमा ८ रन बटुले । जीएचसीएका परिक्षित ढकाल र दीपेन्द्र भण्डारीले ४–४ विकेट लिए । ‘म्यान अफ द म्याच’ परिक्षितले ३ ओभरमा १.७० औसतमा ५ रन दिए ।

जीएचसीएले १२.१ ओभरमा ४ विकेट क्षतिमा ४६ रनको लक्ष्य पूरा गर्‍यो । जीएचसीएका अनुभव खनालले १७ बलमा ११ रन जोडे । कालिकोटका म्याट्रिक थापाले २ विकेट झारे ।

प्रकाशित : असार ८, २०७९ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्

न्यायपरिषद्‍को बैठक सुरु

प्रकरणमा मुछिएका जिल्ला न्यायाधीशबारे ठोस निर्णय लिन सक्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङको मुद्दा मिलाउनका लागि भएको छलफलको अडियो बाहिरिएपछि त्यसबारे छलफल गर्न बोलाइएको न्यायपरिषद्‍को बैठक सुरु भएको छ ।

न्यायपरिषद्‍को बैठकमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सर्वोच्चका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरला र न्यायापरिषद्का सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी उपस्थित छन् ।

न्यायपरिषद्‍ बैठकमा अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरू राजकुमार कोइराला र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुने बताइएको छ ।

बैठकले जिल्ला न्यायाधीश कोइरालाका सम्बन्धमा भने ठोस निर्णय लिने जानकारी दिइएको छ ।

प्रकाशित : असार ८, २०७९ १४:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×