कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिप

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ — नेपाल एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा भइरहेको प्रतियोगितामा सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै अन्तिम चारमा प्रवेश गरेको हो।

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

वर्षाको कारण ढिला सुरु भएको खेललाई ७ओभरमा छोट्याइएको थियो ।

किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनयाो । बहराइनकी ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि कविता कुँवर र सवनम राईले २/२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्।

१५ रनको लक्ष्य नेपालले २ विकेट गुमाउँदै ३ दशमलव ४ ओभरमा पूरा गर्‍यो। सीता रानामगरले ४ र कविता जोशीले ३ रन जोडिन् । नेपालले अतिरिक्त ८ रन पाएको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो।


यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ।


प्रकाशित : असार ६, २०७९ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?