कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम टिम

एएफपी

दोहा — कोस्टारिका विश्वकप २०२२ मा छनोट हुने अन्तिम टिम भएको छ । मध्य अमेरिकी देशले मंगलबार भएको अन्तरमहादेशीय प्ले अफमा न्युजिल्यान्डलाई १–० ले हरायो ।

कोस्टारिका विश्वकपमा छनोट हुने अन्तिम टिम

आर्सनलका पूर्व फरवार्ड जोएल क्याम्पबेलले दोहामा भएको खेलका तेस्रो मिनेटमा निर्णायक गोल गरे । न्युजिल्यान्ड दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो र त्यसयता उसले खेलमा फर्कन प्रयास सफल रहेन् ।

कोस्टारिका कतारमा हुने विश्वकपको समूह ‘ई’ मा रहेको छ र त्यसमा उसले जर्मनी, स्पेन र जापानको सामना गर्नेछ । समग्रमा छैटौं पल्ट विश्वकपका लागि छनोट भएको कोस्टारिकाले लगातार तेस्रो विश्वकप खेल्दैछ ।

प्रकाशित : असार १, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?