एनएसएलका लागि नयाँ मिति- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनएसएलका लागि नयाँ मिति

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि मंगलबार नयाँ मिति उपलब्ध गराएको छ । एन्फाले भदौ २५ देखि कात्तिक ५ सम्मको समय दिएको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरलले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । एन्फाले प्रेस विज्ञप्तिमा प्रतियोगिता अगाडि प्राविधिक पक्षबारे आयोजकसँग स्वीकृति लिन पनि भनेको छ ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिता यसअघि चैत २६ मा हुनु पर्ने थियो । तर आयोजक र क्लबीचको विवादबीच प्रतियोगिता हुन सकेको थिएन ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्

ब्याज अनुदानमै सकियो सरकारको १५ अर्ब ७३ करोड

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यावसायिक कृषि, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार लगायत १० प्रकारका सहुलियत कर्जामा ब्याज अनुदान बापत सरकारले १५ अर्ब ७३ करोड रुपैयाँ खर्चिएको छ । यो ब्याज अनुदानका लागि गत वैशाखसम्म सरकारले तिरेको रकम हो ।

हाल सरकारले १० प्रकारका कर्जामा ब्याज अनुदान दिँदै आएको छ । जसअनुसार महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जामा ५ प्रतिशतका दरले सरकारले ब्याज अनुदान दिने गर्दछ । उल्लिखित कर्जामध्ये कृषि कर्जा २०७३ देखि र बाँकी ९ प्रकारका कर्जा २०७५ साल देखि सुरु गरिएको हो । गत वैशाखसम्म १ लाख ४६ हजार ३ सय ८२ जना ऋणीका लागि २ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यसमध्ये २ खर्ब १६ अर्ब ३३ करोड रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १३:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×