१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दुवै नेपाली टोली पराजित

काठमाडौँ — आईटीएफ एसिया यू–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ) मा नेपाली टिम सोमबार पराजित भएको छ । ब्वाइज/गर्ल्स दुवै टोली पराजित भयो ।

दुवै नेपाली टोली पराजित

ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले हरायो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–०, ६–२ र सोमरत्नले वृजेश अर्याललाई ६–४, ६–४ को सोझो सेटमा हराया । डबल्समा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभ सम्राट हाडाको जोडीलाई ६–२, ६–२ को सेटमा हरायो ।

ब्वाइजमै बंगलादेशले माल्दिभ्स र भारतले भुटानलाई समान ३–० को नतिजामा रोके । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको गर्ल्समा माल्दिभ्सले नेपाललाई २–१ ले हराएको हो । पहिलो सिंगल्समा प्राज्ना मानन्धरले कलिमलाई ६–१, ६–२ को सोझो सेटमा हराइन् ।

अर्कोमा निशानले शिभाली गुरुङलाई ६–१, ३–६, ६–४ ले पराजित गर्दै खेल १–१ को बराबरीमा ल्याइन् । निर्णायक खेल बनेको डबल्सतर्फ निशान र अलीको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६–०, ६–२ ले हरायो । श्रीलंकाले बंगलादेश र भारतले भुटानलाई समान ३–० ले हराए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता छ । पाकिस्तानबाहेक सबैले ३–३ ब्वाइज/गर्ल्स खेलाडी सहभागी गराएका छन् । पाकिस्तानले भने ब्वाइज खेलाडीमात्र सहभागी गराएको छ । नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गरेको हो । ब्वाइज/गर्ल्समा पहिलो र दोस्रो हुने राष्ट्रले काजकिस्तानमा हुने फाइनल चरणको प्रतियोगितामा भाग लिन पाउनेछ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?