१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

निशा र युवराजलाई स्वर्ण

काठमाडौँ — नेपाल पुलिस क्लबकी खेलाडी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेकी छन् । उनले १८–२२ वर्ष उमेर समूहको महिला एकलमा स्वर्ण जितेकी हुन् ।

निशा र युवराजलाई स्वर्ण

आर्मीकी स्वस्तिका तामाङले रजत तथा पुलिसका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जितेका थिए । सोही स्पर्धाको पुरुषमा युवराज राना स्वर्ण, अस्मिन राउत रजत तथा राम गोले र लक्ष्मण गोले कांस्य पदक जित्न सफल भए । चारै खेलाडी पुलिसका हुन् ।

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्ष पुरुष एकलमा गोदावरी फिटनेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मूलपानीका आयुश ढुंगेलले कांस्य जिते । महिलामा आर्मीकी पूर्णिमा बस्नेत, बुटवलकी एलिजा रोकाया तथा बुटवलकै नुतन गुरुङ र हात्तीवनकी रोस्लिन ओझाले क्रमश: स्वर्ण, रजत र कांस्य जिते ।

१२–१५ वर्षको पुरुष एकलमा नुवाकोटका साजन तामाङले स्वर्ण, आरबीका निश्चल धानीले रजत तथा स्युचाटारका आर्जन श्रेष्ठ र न्युजेनका सम्राट सिंहले कांस्य जितेका थिए । सोही स्पर्धाको महिलामा गोदावरीकी सरगम थापा स्वर्ण, स्वयम्भूका तारा वाइबा रजत तथा स्वयम्भूकी सुवानी तामाङ र बुटवलकी अनुष्का तामाङ कांस्य जित्न सफल भए ।

१०–१२ वर्षको पुरुष एकलमा गोदावरीका नीरव महर्जन पहिलो, स्टेपिङ स्टोनका अदृश रायन दोस्रो तथा स्युचाटारका रोदन राई र लैनचौरका इराजसिंह ठकुरी तेस्रो बने । महिलामा न्युजेनकी सृष्टि स्याङ्बो पहिलो, झापाकी खुशी गौतम दोस्रो तथा जैसीदेवलकी मुविक्ष्या गजुरेल र आर्मीकी कुसुम तामाङ तेस्रो भए ।

प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

सागरलाई स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा सम्पन्न पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई हराए । आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेस्रो भए ।

पुरुष ३४ केजीमुनि बाँकेका जीवेशजंग शाहीले फाइनलमा चाँदनीका आशिष माझीलाई हराएर स्वर्ण जिते । नुवाकोटका अशोक तामाङ र टोखाका राजन कर्माचार्य तेस्रो भए । महिला ३१ केजीमुनि चन्द्रागिरिकी सेली गुरुङले बाँकेकी रितु राजकोटीलाई हराएर स्वर्ण जितिन् । आयोजककी रितिका थापा र एसकेबीसीकी याङजुम शेर्पा तेस्रो भए । महिला ३७ केजीमुनि बाँकेकी अनु थापाले स्वर्ण भिडन्तमा नेवारेकी आशा शाहीलाई हराइन् । एसकेबीसीकी देवुना केसी र राष्ट्रिय विभूतिकी सन्जु सापकोटा तेस्रो बने ।

प्रकाशित : जेष्ठ २९, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?