२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
एसीसी महिला टी–२० च्याम्पियनसीप

यसपटक हामी राम्रो गर्छौं : कप्तान क्षेत्री

काठमाडौँ — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसीपको तयारी गरिरहेको छ । 

यसपटक हामी राम्रो गर्छौं : कप्तान क्षेत्री

एसियाकप छनोट हुने लक्ष्यका साथ नेपाली महिला टोलीले च्याम्पियनसीपको तयारीलाई तीब्रता दिइरहेको हो । यस क्रममा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीले च्याम्पियनसीप नेपाली टोलीका लागि चुनौतीपूर्ण भएको बताएकी छन् ।

रुबिनाले यसअघि नेपाली महिला टोली ट्रफी नेपाल ल्याउन नसकेकोमा आफूमा चोट भएको भन्दै यसपटक ट्रफी लिएर स्वदेश फर्किने प्रतिबद्धता जनाइन् । त्यसका लागि खेलाडीको कमजोरी सुधार गरेको पनि बताइन् ।

‘चुनौती अवश्य छ । वुमन्स क्रिकेटमा हामीले कुनै पनि ट्रफी ल्याउन सकेका छैनौं । भन्नेले भन्दै गर्छ, सोध्नेले सोधिरहन्छ । तर हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको पीडा छ । कुनै समय धेरै मिहिनेत गर्दा के नमिलेको के नमिलेको हुन्छ । तर यसपटक सबै खेलाडीको मिहिनेत देख्दा हामीले राम्रो गर्छौं भन्ने विश्वास लागेको छ । टिम खाली हात नफर्किने गरी प्रतिष्पर्धा गर्नुपर्नेछ ।'

यस्तै कप्तान क्षेत्रीले समूहको प्रतिष्पर्धामा हरेक टोलीले एक आपसमा पनि प्रतिष्पर्धा गर्नु पर्ने बताइन् । समूह चरणको प्रतिष्पर्धापछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एसियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एसियाकप खेल्नेछन् । प्रतिष्पर्धामा नेपालले १७ जुनमा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल २० जुनमा बहराइनविरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङविरूद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?