कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुलिस क्लब मकवानपुर गोल्डकपको अन्तिम चारमा

सुवास विडारी

मकवानपुर — नेपाल पुलिस क्लब हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिस क्लब मकवानपुर गोल्डकपको अन्तिम चारमा

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङदीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जितमा एकमात्र निर्णायक गोल भरत शाहले गरेको थिए । उनले खेलको ३४ औं मिनेटमा गोल गरेका थिए ।

मनाङ मर्स्याङ्दीले खेलको ४१ औं मिनेटमा प्राप्त पेनाल्टी गोल गर्न सकेन । पुलिसका गोलरक्षक शत्रुधन चौधरीले मनाङका कप्तान अञ्जन विष्टले गरेको प्रहार बचाएका थिए । पुलिसले फाइनल प्रवेशका लागि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्बल सिमराबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिसका खेलाडी हेम तामाङले खेलको अन्तिम समयमा रातो कार्ड पाएका थिए । रेफ्रीको निर्णयप्रति असहमति जनाएपछि प्रशिक्षक अनन्तराज थापा र बेञ्चमा रहेका खेलाडी हेमन्त श्रेष्ठलाई पनि दोहोरो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर निकालिएको थियो ।

जेठ ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करण यस प्रतियोगिताको विजेताले नगद १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७९ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?